Fascinating update by @sudeepshree
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
***
भदौ १० गतेको घटनाको पटकथा आजभन्दा ११ वर्षअघि नै लेखिएको थियो
setopati.com/social/399087
उही कडक : कफी गफ
*
>त्यही निहुँमा मैले उनको पूरै अनुहार हेरेँ। आँखाले चपाई–चपाई उनलाई नियालेँ। आँखाले ढाँट्दैन।
*
>मैले आँखा र ओठजस्ता अनुहारका दुई मुख्य हतियारलाई निःशस्त्र पार्ने गरी उनीतिर मन्द मुस्कान प्रत्यारोपण गरेँ। @narayanwagle@talk2bogeyman1
*
setopati.com/opinion/398539
@narayanwagle गुड गुड कति मिठाे, विहानीकाे कफिलाइ झनै मिठाे बनायाे याे कफि गफ शैलीकाे लेखले अलि पहिले कान्तिपुरकाे काेशेली संझायाे । "गाउँमा डम्फू बजाएर बस्नु लम्फू बन्नु हो भन्ने मनोविज्ञान यसरी बन्यो, जो जहाँको हो, त्यो त्यहाँ नबस्ने भयो।" setopati.com/opinion/398185
काठमाडौंले लाङटाङलाई आफ्नो बनायो। लाङटाङले लाङटाङलाई आफ्नो बनाउन पाएन। काठमाडौंले बेइजिङसँग मिलेर नाका खोल्ने र रेल तान्ने योजना गर्न भ्यायो।
by @narayanwagle
आकाशबाट आएको अत्यास setopati.com/opinion/398185
श्रद्धाञ्जलि, समवेदना र व्यावहारिक साथ
.
साथीहरू,
वसन्त प्रकाश उपाध्याय हामी सबैका साथी हुनुहुन्थ्यो। लामो समय पत्रकारितामा बिताएका वसन्तजीको जीवनको अन्त्य यसरी होला भनेर कसले पो सोचेको थियो र!
तीन महिनासम्म बेपत्ता रहेका उहाँ मृत अवस्थामा भेटिनुभयो। अहिले उहाँको परिवार भावनात्मक र व्यावहारिक दुवै हिसाबले निकै अप्ठ्यारोमा छ।
वसन्तजीकी श्रीमती इन्दिराका दुवै मिर्गौला फेल भएका छन्। उहाँले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ। बसिरहेको घरसमेत छाड्नुपर्ने अवस्था आएको साथीहरूले बताएका छन्। छोराछोरीको पढाइ रोकिएको छ। दैनिक जीवनका ससाना अभाव र अप्ठ्याराको त हिसाबै छैन।
तीन महिनासम्म श्रीमान् फर्किने प्रतीक्षा गरेको परिवारले उहाँलाई मृत अवस्थामा पाएपछि अब के गर्ने भनेर सोच्न सक्ने अवस्था पनि छैन।
त्यसैले यो सानो अपिल।
वसन्तजीप्रतिको समवेदना र श्रद्धाञ्जलीमा मात्र सीमित नरही, उहाँको परिवारलाई व्यावहारिक रूपमा साथ दिनेतिर चालिएको एउटा सानो कदमका रूपमा यसलाई लिऔँ।
वसन्तजीका छोराछोरीले पढाइ जारी राख्न सकून् र इन्दिराजीको उपचारमा थोरै भए पनि भरथेग होस् भन्ने हाम्रो उद्देश्य हो।
सहयोग गर्न चाहने साथीहरूले उहाँका छोराको नाममा रहेको QR मार्फत आफूले सक्ने रकम पठाउन सक्नुहुन्छ। रकम सानो–ठूलो हुँदैन। यस्तो बेला जति सकिन्छ, त्यति नै ठूलो सहयोग हो।
वसन्तलाई सम्झौँ। एक पटक उहाँको परिवारतिर पनि हेरौँ।
धन्यवाद।
थप अपिल
यो सन्देशलाई यहाँ ट्याग हुन नसकेका र तपाईंले वसन्तजीका साथीका रूपमा चिनेका अरु साथीहरू समक्ष पुऱ्याउनुलाई पनि उहाँको परिवारलाई साथ दिने एउटा कदमकै रुपमा लिइदिनुहोला।
‘आज हामी शोकमा छौं। यो शोक केवल रोएर बिताउने समय होइन। यो त हाम्रा पुराना विकासका अवधारणा, एकल प्रविधिप्रतिको अन्धो मोह र प्रकृतिप्रतिको मानवकेन्द्रित दृष्टिकोणलाई पुनर्विचार गर्ने ऐतिहासिक मोड पनि हो।’
राजनीतिक-अवकाश पछि @JpanandaJp को शक्तिशाली लेखः
"आज हामी शोकमा छौं।यो शोक केवल रोएर बिताउने समय होइन।यो त हाम्रा पुराना विकासका अवधारणा, एकल प्रविधिप्रतिको अन्धो मोह र प्रकृतिप्रतिको मानवकेन्द्रित दृष्टिकोणलाई पुनर्विचार गर्ने ऐतिहासिक मोड पनि हो।"
setopati.com/opinion/397870
Yes, Nepal is open!
Even after the Langtang tragedy, our well-wishers continue to trust Nepal and its people.
We welcomed a small group of Danish nurses and students to learn about local healthcare and regenerative farming for healthier communities.
#TanahunFarm’026
यो पुस्तकका लागि मैले सिंगो जीवन दिएँ। १८ वर्षको उमेरदेखि अहिले ८२ वर्षको हुँदासम्म यसैमा लागें। कहिलेकाहीँ पुस्तक पूरा हुँदैन कि भनेर निराश पनि हुन्थें।
- ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले मदन पुरस्कार पाएको घोषणापछि वीणा जोशी राजभण्डारी, मध्यान्ह दैनिकसँग।
‘संरक्षणको अर्थ केवल नृत्यको भिडियो बनाउनु वा मुकुन्डो संग्रहालयमा राख्नु होइन। त्यससँग जोडिएको ज्ञान, गुरु–शिष्य परम्परा, गुठी, शिल्प, संगीत, अनुष्ठान र सामुदायिक अभ्यास पनि सँगै जोगिनुपर्छ।’
wahjindagi.com/2026/09/34305…
“There will be no democracy or peace without climate justice.”
@RakshyaSpeaks, at the #NobelPeaceConference 2026: Democracy on the Brink. Activist and civic leader Rakshya is known for her role in recent youth-led political and social movements in Nepal.
Join us live here on X, or go to our website: nobelpeacecenter.org/en/live…
‘The avalanche that buried a Swiss village was a disaster, but nobody perished: the locals, and their animals, had been evacuated nine days before the collapse took place.
Can this system apply to the Himalayan glaciers too? Potentially, yes.’ nationalgeographic.com/envir…
जबसम्म हामीले विपद् पूर्वानुमानको लागि चाहिने आधारभूत कुरा, खतराको मापन गर्ने भरपर्दो विधि र विपद्को कारक खोजी वैज्ञानिक हिसाबले गर्दैनौं, तबसम्म सिद्धान्तका ठूला कुरा गर्ने कागजी विज्ञ मात्र भइरहनेछौं। काम थाल्ने बेला यही हो।
Words : @uttambabuonlinekhabar.com/2026/09/200…
नेपालले अब के गर्ने ?
स्याटेलाइट राख्ने, रिमाेटसेन्सिङ अध्ययन केन्द्र बनाउने, पूर्वानुमान प्रणाली राम्राे बनाउने र क्षति हानीकाे प्रमाण जुटाउने र क्षतिपूर्ति माग्ने ।